काठमाडौं । रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ । प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन खरिद गर्न सक्ने छन् । अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इंकका सीईओ अपार थेबेले जानकारी दिए । ‘निःशुल्क भर्सनले नपुग्ने ग्राहकले प्रिमियम लिन सक्नुहुन्छ । यसको मूल्य पनि हामीले एकदमै सस्तो राखेका छौं,’ उनले भने, ‘अब रिमोट डेस्कटप सफ्टवेयरका लागि विदेशमा पैसा भुक्तानी गर्नुपर्ने छैन् । हामीले…
Author: टेक शास्त्र
काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडेल विशेष गरी व्यवसायिक कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै तयार गरिएको हो। एउटै मोबाइलमा फोटो, भिडियो तथा अन्य क्रियटिभ कार्यहरू सहज रूपमा गर्न सकिने गरी यसलाई डिजाइन गरिएको बताइएको छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको यस फोनको मूल्य रु. ९९ हजार ९९९ तोकिएको छ। सामसङका अनुसार ग्यालेक्सी एस २५ एफईमा ‘ग्यालेक्सी एआई’ र ‘वन यूआई ८’ प्रणाली प्रयोग गरिएको छ, जसले भ्वाइस, टच र भिजुअल इन्टरफेस मार्फत प्रयोगकर्तालाई सहज र स्मार्ट अनुभव प्रदान गर्छ। यसमा जेमिनी लाइभ असिस्टेन्ट, नाउ…
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) ले आउँदो कार्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने यो एक्सपो नेपालको आईटी क्षेत्रको विकास र डिजिटल उद्यमशीलताको प्रवर्द्धनमा केन्द्रित रहनेछ। नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार, एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याई सहकार्य र नवीनतम प्रविधिको सम्भावनामा केन्द्रित हुन मद्दत गर्नेछ। उनले आईटी क्षेत्रमा निजी र सार्वजनिक क्षेत्रबीचको सहकार्य बढाउन यस्तो मञ्चले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले आईटी र व्यवसायिक समुदायबाट आएको उत्साहजनक सहभागिताले एक्सपोप्रति…
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीचको मर्जर भएसँगै अब प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे खाता खल्तीमा सार्नुपर्ने भएको छ। खल्तीले सूचना जारी गर्दै आगामी कार्तिक मसान्तभित्र माइग्रेसन प्रक्रिया पूरा गर्न सबै प्रयोगकर्तालाई आग्रह गरेको छ। खल्तीका अनुसार, आइएमई पेबाट भइरहेको सबै कारोबार अब खल्तीमार्फत सञ्चालन हुनेछ। ३० कार्तिकपछि आइएमई पे एप निष्क्रिय हुने भएकाले त्यसपछि आइएमई पेबाट कारोबार गर्न सम्भव रहने छैन। खल्तीको सूचनामा भनिएको छ, “आइएमई पेमार्फत भइरहेको कारोबार खल्तीमा सार्ने प्रक्रिया सुचारु भइसकेको छ। कृपया आफ्नो आइएमई पे खाता यथाशीघ्र खल्तीमा माइग्रेसन गरी कारोबार गर्न अनुरोध गर्दछौं।” यसअघि, नेपालका दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक…
काठमाडौँ, आइतबार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक सामाजिक सञ्जाल विवादको केन्द्र बनेका छन्। शनिबार मध्यराति उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको स्ट्याटसले अहिले नेपाली सामाजिक सञ्जाल तातेको छ । शनिबार बालेनले लेखेको उक्त पोस्टमा उनले अमेरिका, भारत र चीनसँगै नेपालका पाँच प्रमुख राजनीतिक दलहरू — नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — लाई लक्षित गर्दै अशोभनीय अङ्ग्रेजी शब्द प्रयोग गरेका थिए। उक्त स्ट्याटसमा उनले “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ” भन्ने आशय व्यक्त गरेका थिए। केही मिनेटमै स्ट्याटसमा सयौँ प्रतिक्रियाहरू आउन थालेपछि बालेनले त्यसलाई हटाएका थिए।…