Close Menu
Tech Shastra
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Facebook X (Twitter) Instagram
    Tech Shastra
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    Tech Shastra
    Home प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    टेक शास्त्रटेक शास्त्रकार्तिक २०, २०८२0
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Multiple Desk
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ । प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन  खरिद गर्न सक्ने छन् ।

    अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इंकका सीईओ अपार थेबेले जानकारी दिए । ‘निःशुल्क भर्सनले नपुग्ने ग्राहकले प्रिमियम लिन सक्नुहुन्छ । यसको मूल्य पनि हामीले एकदमै सस्तो राखेका छौं,’ उनले भने, ‘अब रिमोट डेस्कटप सफ्टवेयरका लागि विदेशमा पैसा भुक्तानी गर्नुपर्ने छैन् । हामीले नेपालमै विश्वस्तरीय सुरक्षित प्रडक्ट बनाएका छौं ।’

    थेबेका अनुसार मल्टिपल डेस्कको निःशुल्क भर्सनमा सिंगल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, AES-256 इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् ।  प्रिमियम भर्सन बिजनेस र कर्पोरेट गरी २ वटा छन् । साना तथा मध्यम व्यवसायका लागि ‘बिजनेस भर्सन’ र ठूला ठूला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ छ । बिजनेस भर्सनको शुल्क मासिक ६५० रूपैयाँ छ । जसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् ।

    यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रूपैयाँ तोकिएको उनले बताए । निःशुल्क र बिजनेस भर्सनका सुविधा बाहेक अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा छन् । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ ।

    यही शुक्रबार र शनिबार ललितपुरस्थित सानेपाको हेरिटेज गार्डेनमा हुने नास आईटी एक्सपो २०२५ मा जुनेली इंक समेत सहभागी हुने भएकाले त्यहाबाट समेत  विस्तृत जानकारी लिन सकिने थेबेले बताए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    टेक शास्त्र
    • Website

    टेक रिलेटेड

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२
    Add A Comment
    Leave A Reply Cancel Reply

    • अपडेट
    • पपुलर

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    कार्तिक १६, २०८२
    Facebook X (Twitter) Instagram Pinterest
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    © 2025 TechShastra

    Type above and press Enter to search. Press Esc to cancel.