काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडेल विशेष गरी व्यवसायिक कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै तयार गरिएको हो। एउटै मोबाइलमा फोटो, भिडियो तथा अन्य क्रियटिभ कार्यहरू सहज रूपमा गर्न सकिने गरी यसलाई डिजाइन गरिएको बताइएको छ ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको यस फोनको मूल्य रु. ९९ हजार ९९९ तोकिएको छ। सामसङका अनुसार ग्यालेक्सी एस २५ एफईमा ‘ग्यालेक्सी एआई’ र ‘वन यूआई ८’ प्रणाली प्रयोग गरिएको छ, जसले भ्वाइस, टच र भिजुअल इन्टरफेस मार्फत प्रयोगकर्तालाई सहज र स्मार्ट अनुभव प्रदान गर्छ। यसमा जेमिनी लाइभ असिस्टेन्ट, नाउ बार र नाउ ब्रिफ जस्ता फिचरहरू उपलब्ध छन्, जसले दैनिक कार्यलाई छिटो र सहज बनाउने कम्पनीको दाबी छ। साथै, सर्कल टु सर्च फिचरले स्क्रिनमै खोजी गर्न सकिने सुविधा दिन्छ।
फोटोग्राफीका लागि यस फोनमा सुपर एचडीआर सपोर्ट गरिएको छ, जसले फोटो, भिडियो र सेल्फीहरूमा उच्च गुणस्तर प्रदान गर्छ। साथै, जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजर जस्ता फिचरहरूले कन्टेन्ट एडिटिङलाई अझ सहज र सिर्जनशील बनाउँछन्। अटो ट्रिम सुविधा मार्फत भिडियोमा रहेका उत्कृष्ट क्षणहरू स्वतः चयन हुने सुविधा पनि समावेश गरिएको छ।
फोनमा ४५ वाट फास्ट चार्जिङ समर्थित ४,९०० एमएएच ब्याट्री र प्रभावकारी भेपर चेम्बर कुलिङ सिस्टम जडान गरिएको छ। साथै, यसमा ६.७ इन्चको डायनामिक एमोलेड डिस्प्ले रहेको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्स माध्यमबाट यो डिभाइस शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा पनि खरिद गर्न सक्ने सुविधा पाउने छन्।
