Close Menu
Tech Shastra
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Facebook X (Twitter) Instagram
    Tech Shastra
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    Tech Shastra
    Home नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    टेक शास्त्रटेक शास्त्रकार्तिक १६, २०८२0
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Nas IT Expo 2025
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) ले आउँदो कार्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने यो एक्सपो नेपालको आईटी क्षेत्रको विकास र डिजिटल उद्यमशीलताको प्रवर्द्धनमा केन्द्रित रहनेछ।

    नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार, एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याई सहकार्य र नवीनतम प्रविधिको सम्भावनामा केन्द्रित हुन मद्दत गर्नेछ। उनले आईटी क्षेत्रमा निजी र सार्वजनिक क्षेत्रबीचको सहकार्य बढाउन यस्तो मञ्चले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले आईटी र व्यवसायिक समुदायबाट आएको उत्साहजनक सहभागिताले एक्सपोप्रति आशा बढाएको बताए। उनका अनुसार, ‘सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने’ लक्ष्यका साथ यो एक्सपो ऐतिहासिक माइलस्टोन बन्नेछ।

    नास आईटीकी महासचिव एलिसा श्रेष्ठले  एक्सपो केवल प्रदर्शनी नभई नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको बताइन । एक्सपोमा ३० भन्दा बढी आईटी सेवा र प्रोडक्टहरू प्रदर्शनमा रहने उनको भनाई छ ।

    दुई दिनसम्म चल्ने कार्यक्रममा कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधान सार्वजनिक गर्न र लाइभ पिच सेसन मार्फत आफ्नो सोच प्रस्तुत गर्न सक्नेछन्।

    एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता र सूचना प्रविधिमा रुचि राख्ने सहभागीहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

    यस वर्षको एक्सपोका शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवा, साथै र्‍यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड रहेका छन्। दिगो विकास साझेदारका रूपमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज सहकार्य गर्दै छन्।

    नास आईटी नेपालका आईटी कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैर–नाफामुखी संस्था हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    टेक शास्त्र
    • Website

    टेक रिलेटेड

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२
    Add A Comment
    Leave A Reply Cancel Reply

    • अपडेट
    • पपुलर

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    कार्तिक १६, २०८२
    Facebook X (Twitter) Instagram Pinterest
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    © 2025 TechShastra

    Type above and press Enter to search. Press Esc to cancel.