Close Menu
Tech Shastra
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Facebook X (Twitter) Instagram
    Tech Shastra
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    Tech Shastra
    Home मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    खल्तीमा माइग्रेसन गर्न प्रयोगकर्तालाई आग्रह
    टेक शास्त्रटेक शास्त्रकार्तिक १६, २०८२0
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं ।  डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे  र खल्तीबीचको मर्जर भएसँगै अब प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे खाता खल्तीमा सार्नुपर्ने भएको छ। खल्तीले सूचना जारी गर्दै आगामी कार्तिक मसान्तभित्र माइग्रेसन प्रक्रिया पूरा गर्न सबै प्रयोगकर्तालाई आग्रह गरेको छ।

    खल्तीका अनुसार, आइएमई पेबाट भइरहेको सबै कारोबार अब खल्तीमार्फत सञ्चालन हुनेछ। ३० कार्तिकपछि आइएमई पे एप निष्क्रिय हुने भएकाले त्यसपछि आइएमई पेबाट कारोबार गर्न सम्भव रहने छैन।

    खल्तीको सूचनामा भनिएको छ, “आइएमई पेमार्फत भइरहेको कारोबार खल्तीमा सार्ने प्रक्रिया सुचारु भइसकेको छ। कृपया आफ्नो आइएमई पे खाता यथाशीघ्र खल्तीमा माइग्रेसन गरी कारोबार गर्न अनुरोध गर्दछौं।”

    यसअघि, नेपालका दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी — आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि बीच मर्जर (गाभ्ने) सम्झौता भई १ साउनदेखि एकीकृत कारोबार प्रणाली लागू गरिएको थियो।

    मर्जरपछि दुबै कम्पनीको सेवा र प्रणाली एकीकृत हुँदै गएको खल्तीले जनाएको छ। अब प्रयोगकर्ताले एउटै प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिल भुक्तानी, बैंक ट्रान्सफरजस्ता सबै सुविधा उपयोग गर्न सक्नेछन्।

    संक्षेपमा भन्नुपर्दा मंसिर १ गतेबाट आइएमई पेको एप बन्द हुनेछ, र सबै कारोबार खल्ती एपमार्फत मात्र गर्नुपर्नेछ। त्यसैले प्रयोगकर्तालाई खाता शीघ्र माइग्रेसन गर्न अनुरोध गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    टेक शास्त्र
    • Website

    टेक रिलेटेड

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२
    Add A Comment
    Leave A Reply Cancel Reply

    • अपडेट
    • पपुलर

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    कार्तिक १६, २०८२
    Facebook X (Twitter) Instagram Pinterest
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    © 2025 TechShastra

    Type above and press Enter to search. Press Esc to cancel.