Close Menu
Tech Shastra
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Facebook X (Twitter) Instagram
    Tech Shastra
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    Tech Shastra
    Home बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    टेक शास्त्रटेक शास्त्रकार्तिक १६, २०८२0
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, आइतबार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक सामाजिक सञ्जाल विवादको केन्द्र बनेका छन्। शनिबार मध्यराति उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको स्ट्याटसले अहिले  नेपाली सामाजिक सञ्जाल तातेको छ ।

    शनिबार बालेनले लेखेको उक्त पोस्टमा उनले अमेरिका, भारत र चीनसँगै नेपालका पाँच प्रमुख राजनीतिक दलहरू — नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — लाई लक्षित गर्दै अशोभनीय अङ्ग्रेजी शब्द प्रयोग गरेका थिए। उक्त स्ट्याटसमा उनले “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ” भन्ने आशय व्यक्त गरेका  थिए।

    केही मिनेटमै स्ट्याटसमा सयौँ प्रतिक्रियाहरू आउन थालेपछि बालेनले त्यसलाई हटाएका थिए। तर, त्यसअघि नै केही प्रयोगकर्ताले सो पोस्टको स्क्रिनसट लिएर अन्य सामाजिक सञ्जालमा सेयर गर्न थालेका थिए। तर, आइतबार बिहानदेखि नै फेसबुक, एक्स (ट्विटर) र टिकटकमा बालेनको पोस्टका स्क्रिनसटहरू तीव्र रूपमा भाइरल भएपछि उनी फेरि चर्चाको केन्द्रमा पुगेका छन्।

    राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया

    राजनीतिक दलका कार्यकर्ताहरूले मेयर शाहको अभिव्यक्तिलाई जनप्रतिनिधिको मर्यादा विपरीतको व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले बालेनले व्यक्तिगत असन्तुष्टि वा आक्रोश व्यक्त गर्दा पनि सार्वजनिक पदको जिम्मेवारी र मर्यादा बिर्सिनु हुँदैन भन्ने तर्क गरेका छन्।

    दलका कार्यकर्ताले फेसबुकमा लेख्दै, “बालेनले राजनीतिक दलहरूलाई गाली गरेर लोकप्रियता खोज्ने शैली देखाएका छन्,” भनेर आरोप लगाएका छन्। त्यस्तै उनको भाषा शैलीलाई “अशोभनीय” र “जनताप्रति अनादरपूर्ण” भनेका छन्। कतिपयले बालेनलाई पक्राउ गर्नुपर्छ समेत भनेका छन् ।

    समर्थकहरूको बचाउ : ‘सत्य बोल्नेको विरोध हुँदै गर्छ’

    तर अर्कोतर्फ, बालेनका समर्थकहरूले भने मेयरमाथि गरिएको आलोचनालाई सामान्य रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा, “बालेनले भ्रष्टाचार, ढिलासुस्ती र असक्षम प्रणालीविरुद्ध बोल्दै आएका कारण दलका नेताहरूलाई असजिलो महसुस भइरहेको छ।”

    फेसबुक र टिकटकमा बालेन समर्थकहरूले ‘ भ्रष्टाचार कुशासनको दलदलमा फसेकाहरूले स्ट्याटसको बिरोध गर्नु सामान्य हो ’ भन्दै बचाउ गरिरहेका छन्। कतिपयले लेखेका छन्, “शब्दै पिच्छे…. सुन्नै नसक्ने गरी मुख छाड्नेहरू बालेनले छाडा बोल्यो भन्दै हिड्याछन् । बालेनले हटाइसकेको पोस्टमा … अब १५ दिन कुरा गर्छन् । अस्ति भर्खर युवाको नरसंहार गर्नेका बारेमा बोल्दैनन्, लेख्दैनन् ।”

    सामाजिक सञ्जालमा विभाजित जनमत

    डिलिटेड पोस्टलाई लिएर सामाजिक सञ्जाल दुई भागमा विभाजित देखिएको छ। एक पक्ष बालेनको पोस्टलाई गैर जिम्मेवार र असंवेदनशील व्यवहार भन्दै उनको व्यवहारमाथि प्रश्न उठाइरहेको छ भने अर्को पक्ष उनका बचाउमा अगाडि आएको छ। कसैले उनलाई “सिधा बोल्ने नेता” को रूपमा व्याख्या गरेका छन्, भने कसैले “भावनामा बग्ने जनप्रतिनिधि” को रूपमा आलोचना गरेका छन्।

    पृष्ठभूमि र बालेनको शैली

    स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयरमा निर्वाचित बालेन शाह सामाजिक सञ्जालमा सक्रिय, तर विवादास्पद नेताका रूपमा चिनिन्छन्। विगतमा पनि उनले सरकार, संघीय संरचना, तथा राजनीतिक दलहरूको आलोचना गर्दै आएका छन्। उनी प्रायः सामाजिक सञ्जालमार्फत आफ्ना विचार जनाउँछन् र त्यसैबाट सार्वजनिक बहस जन्माउने गर्छन्।

    यस पटक पनि उनको केही मिनेटको पोस्टले फेरि एकपटक देखाएको छ— बालेनका प्रत्येक शब्द र पोस्ट अब केबल व्यक्तिगत विचार होइन, राजनीतिक तरङ्ग सिर्जना गर्ने माध्यम बनेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    टेक शास्त्र
    • Website

    टेक रिलेटेड

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२
    Add A Comment
    Leave A Reply Cancel Reply

    • अपडेट
    • पपुलर

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    मंसिरबाट आइएमई पे बन्द हुने, एप निष्क्रिय गरिदै

    कार्तिक १६, २०८२

    नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित हुने

    कार्तिक १६, २०८२

    सामसङले ‘ग्यालेक्सी एस २५ एफई’ नेपाली बजारमा ल्यायो

    कार्तिक १८, २०८२

    प्रिमियम भर्सनमा आयो नेपाली रिमोट डेस्कटप सफ्टवेयर ‘मल्टिपल डेस्क’

    कार्तिक २०, २०८२

    बालेनको डिलिटेड पोस्टले तताएको सामाजिक सञ्जाल

    कार्तिक १६, २०८२
    Facebook X (Twitter) Instagram Pinterest
    • होमपेज
    • प्रविधि समाचार
    • साइबर सुरक्षा
    • नवप्रवर्तन/स्टार्टअप
    • डिजिटल समाज
    • ग्याजेट/समीक्षा
    • ज्ञान/टिप्स
    • टेकशास्त्र भिडियो
    © 2025 TechShastra

    Type above and press Enter to search. Press Esc to cancel.